पाँचथर । घरमा कोही नभएको बेलामा ज्यान मार्ने धम्की दिएर एक महिला बलात्कृत भएकी छन् । मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने धम्की दिएर ३० वर्षीय युवकले एक ३५ वर्षीया महिलालाई बलात्कार गरेका हुन् ।
घरमा श्रीमान नभएको अवस्थामा धम्की दिएर बलात्कार गरेको आरोपमा ती युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।
आफू घरमा नभएको मौका छोपि श्रीमतीलाई बलात्कार गरेको भन्दै महिलाका श्रीमानले प्रहरीमा उजुरी दिएका थिए । उजुरीकै आधारमा ती युवकलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया