काठमाडौँ

तेजाब आक्रमणमा घाइते भई उपचाररत रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ । "/>

एसिड आक्रमणकी घाइते सम्झनाको मृत्यु : अर्की पीडित सुस्मिताको अवस्था भने सामान्य

एसिड आक्रमणकी घाइते सम्झनाको मृत्यु : अर्की पीडित सुस्मिताको अवस्था भने सामान्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

तेजाब आक्रमणमा घाइते भई उपचाररत रौतहटकी किशोरी सम्झना दासको मृत्यु भएको छ । आइतबार राति ११ बजेर ४० मिनेटमा १८ वर्षीया सम्झनाको कीर्तिपुर अस्पतालमा निधन भएको हो । उनको आइसीयूमा उपचार भइरहेको थियो ।

सम्झनाकी बहिनी १५ वर्षीया सुस्मिताको भने अवस्था सामान्य छ । उपचारपछि उनलाई डिस्चार्ज गर्ने तयारी गरेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उपचारमा संलग्न एक चिकित्सकका अनुसार सम्झनाको शरीर ३५ प्रतिशत भन्दा बढी जलेको थियो । यस्तो अवस्था चिकित्सकीय भाषामा मेजर बर्न ( गम्भीर जलेको ) हो ।

मेडिकल भाषामा संक्रमण अवस्थामा रहेकी उनको स्वासप्रस्वास प्रणालीले काम गर्न छोडेपछि निधन भएको अस्पतालका प्रवक्ता डा सुरेन्द्रजंग बस्नेतले जानकारी दिए ।

घरमा सुतिरहेको अवस्थामा उनीहरूलाई भदौ २६ गते मंगलबार राति करिब १२ बजे अपरिचित व्यक्तिले तेजाब फ्याँकेका थिए । मृतक सम्झनाको सोमबार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरी शव परिवारको जिम्मा लगाउने तयारी भएको अस्पतालले जनाएको छ ।
अन्नपूर्णबाट

Logo