काठमाडौँ

नेपालमा पाटे बाघको संख्या बढेको छ । विगत ५ वर्षको अवधिमा नेपालमा ३७ वटा बाघ थपिएका छन् । "/>

नेपालमा पाटे बाघको संख्या २ सय ३५ पुग्यो

नेपालमा पाटे बाघको संख्या २ सय ३५ पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपालमा पाटे बाघको संख्या बढेको छ । विगत ५ वर्षको अवधिमा नेपालमा ३७ वटा बाघ थपिएका छन् । संख्या बढेसँगै मुलुकका प्राकृतिक बासस्थानमा बाघको संख्या २ सय ३५ पुगेको छ ।

५ वर्ष अघिको गणनामा बयस्क बाघको संख्या १ सय ९८ थियो । यसपटक चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गणना गर्दा संख्या बढेको पाइएको हो । राष्ट्रिय संरक्षण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले बाघको नयाँ तथ्यांक सार्वजनिक गरेको हो ।

पछिल्लो गणना अनुसार चितवनमा सबैभन्दा धेरै ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा वयस्क बाघ अभिलेख भएका हुन् । बाघको मुख्य बासस्थान मानिने चितवनमा भने यसपटक २७ वटा बाघ घटेका छन् । ५ वर्ष अघि त्यहाँ १ सय २० बाघ रहेका थिए । यसपटक बर्दियामा बाघको संख्या निकै बढेको पाइएको छ, अघिल्लो गणनामा त्यहाँ ५० बाघ मात्रै थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक एवं यसपटकको गणनाको प्राविधिक समितिका संयोजक गोपालप्रसाद भट्टराईका गोपाल प्रकाश भट्टराईका अनुसार पोथी बाघ धेरै छन् । ‘२ सय ३५ मध्ये २ सय ९ को लिङ्ग पहिचान भएको छ, २६ वटाको लिङ्ग पहिचान भएको छैन, पहिचान भएकामा धेरै पोथी छन्’ –उहाँले भन्नुभयो ।
नेपाल समाचारपत्रबाट

Logo