काठमाडौं । सुनसरीका खुर्सिद अन्सारीको हत्याबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ। प्रदेश नम्बर १ प्रहरी कार्यालयका एसएसपी किशोर दाहालको संयोजकत्वमा गृहले शुक्रबार छानबिन समिति बनाएको हो।
पाँच सदस्यीय उक्त समितिले १५ दिनभित्र अनुसन्धान प्रतिवेदन पेश गर्नेछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई पनि घटनाको अनुसन्धान गर्न गृहले निर्देशन दिएको छ ।
सुनसरीको भुटाहास्थित रैय्यान नेसनल स्कुलका व्यवस्थापन समिति अध्यक्ष खुर्सिलाई बिहीबार अज्ञात समूहको गोली प्रहार गरेको थियो। गोली लागेर उनको घटनास्थलमै ज्यान गएको थियो।





























प्रतिक्रिया