शुक्रबार पनि काठमाडौंमा बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरिएको छ । "/>

जनता शोकमा, ओली जोकमा

जनता शोकमा, ओली जोकमा


शुक्रबार पनि काठमाडौंमा बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरिएको छ ।

बालिका पन्तको हत्यारालाई पक्राउ गरी कडा कार्वाही गर्न माग गर्दै शुक्रबार दिउँसो पनि काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध ¥यालीसहितको प्रर्दशन गरिएको हो । संयुक्त महिला संघर्ष समितिको आह्वानमा आयोजना गरिएको विरोध प्रर्दशनमा महिला तथा बालिकामाथि हुने हत्या, हिंसा र बलात्कारको घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो ।

प्रर्दशनकारीहरुले हत्या, हिंसा र बलात्कारको घटनाका कारण जनता शोकमा परेका बेला पनि जोकसहितको भाषण गर्ने गरेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई व्यंग्य गरिएको प्ले–कार्ड समेत प्रर्दशन गरेका थिए ।

Logo