कंचनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको अभियोगमा पक्राउ गरेका दिलिप विष्ट रिहा भएका छन् । जिल्ला अदालतले निर्मलाको ‘भेजाइनल स्वाब’ मा रहेको डिएनएसँग विष्टको डिएनए नमिलेपछि मंगलबार विष्टलाई रिहा गरेको हो ।
प्रहरीले निर्मलाको बलात्कार र हत्याका अभियुक्त भन्दै भदौ ४ गते पत्रकार सम्मलेन गरी दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर स्थानीयले उनको मानसिक अबस्था ठिक नभएको भन्दै आन्दोलन गरेका थिए ।
यसैबीच निर्मलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेकी बम दिदीबहिनी पनि मंगलबार नै रिहा गरिएको छ । सरकारी वकिलको कार्यालयले बबिता बमलाई ३० हजार रुपैयाँ धरौटिमा र रोशनी बमलाई विनाधरौटी रिहा गरिएको हो ।
गत साउन १० गते रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो ।





























प्रतिक्रिया