भोलि बुधबार हरितालिका तीज पर्वका राजधानी काठमाडौँको ट्राफिक ब्यबस्थापनलाई बिशेष बनाइएको छ । तिजको दिन काठमाडौंको पशुपतिनाथ मन्दिरमा विहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने भएकोले ट्राफिक प्रहरीले बिशेष ट्राफिक योजना ल्याएको हो । "/>

भोलि कुन कुन रुटमा सवारी चलाउन पाइदैन ? यी हुन् पार्किङ्स्थलहरु

भोलि कुन कुन रुटमा सवारी चलाउन पाइदैन ? यी हुन् पार्किङ्स्थलहरु

केन्द्रबिन्दु
0
Shares

भोलि बुधबार हरितालिका तीज पर्वका राजधानी काठमाडौँको ट्राफिक ब्यबस्थापनलाई बिशेष बनाइएको छ । तिजको दिन काठमाडौंको पशुपतिनाथ मन्दिरमा विहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने भएकोले ट्राफिक प्रहरीले बिशेष ट्राफिक योजना ल्याएको हो ।

बुधबार विभिन्न स्थानमा सवारी साधनलाई रोक लगाउने भएको छ । तीनकुनेबाट गौशाला तर्फ र गोपिकृष्णबाट चावहिलतर्फ आउन रोक लगाईएको प्रहरीले जनाएको छ। त्यस्तै नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने सम्पूर्ण मालवाहक सवारी साधन तथा पानीका ट्याङ्करहरु पनि चल्न पाउने छैनन।

१. शंखमुल, नयाँ बानेश्वर, पुरानो बानेश्वर तर्फबाट चल्ने माईक्रोबस तथा टेम्पोहरु पुरानो बानेश्वरबाट सेतोपुल हुँदै कालोपुल भएर करिडोरको बाटो हुँदै ओम अस्पताल निस्कने व्यवस्था ।

२. रातोपुल गौशाला, चावहिल हुँदै बौद्ध तर्फ चल्ने सवारी साधनहरु पूरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै बौद्ध तर्फ जाने र सोहि बाटो फिर्ता हुने ।

३. कलंकी, हलचोक, बालाजु, महाराजगंज भएर चल्ने बस मिनिबस, माईक्रो बसहरु सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोहि बाटो भएर फर्कने ।

४. रातोपुल, गौशाला भएर चावहिल तर्फ जाने माईक्रोबस र टेम्पोहरुलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चावहिल, गणेशस्थान हुँदै बौद्ध जोरपाटी तर्फ जाने र फर्कदा चावहिल, सुकेधारा, महाराजगंज, लाजिम्पाट, खानिविभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था ।

५. नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङ्गरोड परिक्रमा गर्ने सवारी साधनहरुलाई पुरानो बसपार्क, भद्रकाली, माईतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगासम्म जाने र सोहि मार्ग भएर फर्कने ।

पार्किङ्गस्थलहरु 

तिलगंगामा दर्शनार्थी, तिर्थयात्री र विदेशी पर्यटक (YCL मार्ग)

गौशाला प्रभागमा पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधनहरु ।

कोषको कार्यालयमा पासवाला सवारी साधन ।

अमालकोटमा पासवाला सवारी साधन, भारतीय दर्शनार्थीको सवारी साधन ।

सिफलचौरमा स्वदेशी तथा विदेशी दर्शनार्थी एवं तिर्थयात्रीका सवारी साधन ।

Logo