काठमाडौँ

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले जापानमा सरकारी कोटामा कृषि सम्बन्धी काममा पठाइदिने भन्दै एक करोड ३१ लाख ५० हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । "/>

एक करोड ३१ लाख ठगी गर्ने एकजना पक्राउ

एक करोड ३१ लाख ठगी गर्ने एकजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले जापानमा सरकारी कोटामा कृषि सम्बन्धी काममा पठाइदिने भन्दै एक करोड ३१ लाख ५० हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले दनुवार विमान सेक्युरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष भनी जापान पठाइदिने भन्दै ठगी गर्ने सिन्धुपाल्चोकका ३३ वर्षीय सविन प्रकाश दनुवारलाई आइतबार बसुन्धराबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सानुराम भट्टराईले २८ जनासँग प्रतिव्यक्ति सात लाख देखि १२ लाख सम्म ठगी गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए । दनुवारलाई थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालत बुझाइएको छ ।

सोही मुद्दामा पीडितको उजुरीका आधारमा ब्यूरोले नुवाकोटका ३३ वर्षीय सरिता गुरुङ र उदयपुरका २३ वर्षीय लालमणि दनुवारलाई यसअघि नै पक्राउ गरेको थियो । अनुसन्धान पश्चात ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशले १० लाख धरौटी माग गरेकामा गुरुङ तिर्न नसकी कारागार चलान भएकी थिइन् भने दनुवार धरौटी राखेर तारिखमा छुटेका थिए ।
रासस

Logo