रुपन्देहीको शुद्धोदन गाउँपालिका– ७ स्थित दानव नदीमा एक महिलाको शव आज फेला परेको छ । स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि फेला परेको शवको पहिचान नभएको इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले जानकारी दिएका छन् । "/>

नदीमा महिलाको शव फेला

नदीमा महिलाको शव फेला

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीको शुद्धोदन गाउँपालिका– ७ स्थित दानव नदीमा एक महिलाको शव आज फेला परेको छ । स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि फेला परेको शवको पहिचान नभएको इलाका प्रहरी कार्यालय छपियाका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले जानकारी दिएका छन् ।

अन्दाजी २३ वर्षीया ती महिलाको शव परीक्षणका लागि भीम अस्पताल भैरहवामा राखिएको छ । “घटना के भएको हो, विस्तृत कुरा अनुसन्धान भएपछि मात्रैे थाहा हुन्छ”, प्रहरी निरीक्षक बोहोराले भने । रासस

Skip This
Skip This
Logo