अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा जीवित उद्धार गरिएका गोरखा चुमनुब्री गाउँपालिका २ की ल्हो आनी डोल्मा डिकीलाई मेडिसिटी अस्पताल ल्याउने भएको छ । "/>

हेलिकप्टर दुर्घटनामा बाँच्न सफल आनीलाई मेडिसिटी अस्पताल ल्याइंदै

हेलिकप्टर दुर्घटनामा बाँच्न सफल आनीलाई मेडिसिटी अस्पताल ल्याइंदै

केन्द्रबिन्दु
0
Shares

अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा जीवित उद्धार गरिएका गोरखा चुमनुब्री गाउँपालिका २ की ल्हो आनी डोल्मा डिकीलाई मेडिसिटी अस्पताल ल्याउने भएको छ ।

आनीलाई ल्याउनका लागि डाक्टर सञ्जय कार्कीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको थियो । शनिबार बिहानैदेखि हराइरहेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिका–१ बर्सुङचेतको मैलुङपाखामा दुर्घटनाग्रस्त अबस्थामा भेटिएको थियो  । 9NALS कल साइनको हेलिकोप्टरमा क्याप्टेन निश्ल केसीले उडाएका थिए ।

हेलिकप्टरमा जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा सेर्पा, खोर्काका चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्मा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार थिए । उनीहरु मनास्लु क्षेत्रको भ्रमण गरेर आज काठमाडौँ फर्कँदै थिए ।

यो हेलिकोप्टर काठमाडौंबाट पर्यटक लिई शनिबार बिहान गोरखाको सानागाउँ पुगेको थियो  । सानागाउँबाट बिहान ७ बजेर ४० मिनेटमा उडेको हेलिकप्टर बिहान ८:१८ मा अवतरण हुनुपर्ने थियो । एअर हेलकिप्टर्स कम्पनीमा निर्मित ६ सिटे उक्त हेलिकप्टर एएस ३५० बी ३ इ सिरिजको हो ।

Logo