काभ्रेको पाँचखालमा तीजको दर खाई बिरामी पर्नेमा सांसद पनि रहेका छन् । स्थानीय ग्रामीण स्वावम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार आयोजना गरेको दरखाने कार्यक्रममा सहभागी भएर दर खाएका सांसद गोमा भुर्तेलसहित ३ सय ५० जना बिरामी परेका हुन् । "/>

कुवाको पानीमा दर ! सांसदसहित ३५० जना बिरामी

कुवाको पानीमा दर ! सांसदसहित ३५० जना बिरामी

केन्द्रबिन्दु
0
Shares

काभ्रेको पाँचखालमा तीजको दर खाई बिरामी पर्नेमा सांसद पनि रहेका छन् । स्थानीय ग्रामीण स्वावम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार आयोजना गरेको दरखाने कार्यक्रममा सहभागी भएर दर खाएका सांसद गोमा भुर्तेलसहित ३ सय ५० जना बिरामी परेका हुन् ।

दर खान गएकी गीता खनालले भने “गाह्रो भएर कोही सुतिरहनु भएको छ, कोही अस्पतालमा लगिसकेको र कोही ल्याउने क्रममा रहेको छ ।” अर्का बिरामी पाँचखाल नगरपालिका–९ भेटवालथोकका देवकुमारी भेटवालले सहकारी संस्थाको आयोजनामा भएको दरखाने क्रममा बिरामी परेको बताए । “सबैजना नै मिलेर पकाएर खाएका हौँ, खै के भयो, खाएपछि सबैजसो बिरामी पर्न थाल्यौँ ।” उनले भने, “खानामा चना, केराउ, पुलाउ, पनिर र मुलाको अचार वितरण गरेको थियो ।” जिल्ला प्रहरी कार्यालय प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक गिरीले स्थानीयलाई उदृत गर्दै दिएको जानकारी अनुसार दर पकाउँदा उनीहरुले इनार र कुवाको पानी प्रयोग गरेका थिए ।

उनीहरु मध्ये १ सय ९९ जना अस्पताल भर्ना भएका छन् । ति मध्ये धुलिखेल अस्पतालमा ल्याइएका तीन जनालाई आईसियुमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काकाले बिरामीहरुको धुलिखेल सामुदायिक अस्पतालमा, शिर मेमोरियल अस्पताल बनेपा, बनेपा हस्पिटल र काठमडौँस्थित सिभिल हस्पिटलमा पठाइसकेको छ भने बाँकीको स्थानीयस्तरमा नै उपचार भइरहेको छ ।

अहिले त्यहा पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रबाट बिहान ८ बजेदेखि स्वास्थ्य शिविर सञ्चालन गरेर त्यहाँका जनभावना प्राथमिक विद्यालयको प्राङ्गणमा उपचार भैरहेको छ । यसै बीच बनेपा अस्पतालले पैसा नलिई उपचार गराउन नमानेपछि मुलुकी संहिता अनुसार कारवाही प्रक्रिया सुरु गरिएको छ ।

फोटो: मोतिराम तिमल्सिना

Skip This
Skip This
Logo