शनिबार बिहानैदेखि सम्पर्कबिहिन अल्टिच्युड एअरको हेलिकप्टर धादिङको सत्यदेवी जंगलमा दुर्घटनाग्रस्त अबस्थामा फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले उद्धारमा गएको अर्को हेलिकप्टरबाट दुर्घटनाग्रस्त हेलिकप्टर देखिएको बताए । तिवारीले खराब मौसमका कारण उद्धारमा गएको हेलिकप्टर पनि अवतरण गर्न नसकिएको जानकारी दिए
हेलिकप्टरमा पाइलटसहित ६ जना नेपाली र १ जना जापानी नागरिक सवार थिए । हेलिकप्टर क्याप्टेन निश्चल केसीले चलाएको थिए । कम्पनीका संचालक सिताराम सापकोटाले आफुलाई एक यात्रुले फोन गरि उद्धार गर्न गुहार मागेको जानकारी दिए । उनले ति यात्रुसंग थप कुरा गर्न नसकेको बताए ।
9NALS कल साइनको हेलिकोप्टरमा क्याप्टेन निश्ल केसी सहित जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा सेर्पा, खोर्काका चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्पा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार थिए । उनीहरु मनास्लु क्षेत्रको भ्रमण गरेर आज काठमाडौँ फर्कँदै थिए ।
यो हेलिकोप्टर काठमाडौंबाट पर्यटक लिई शनिबार बिहान गोरखाको सानागाउँ पुगेको थियो । सामागाउँबाट बिहान ७ बजेर ४० मिनेटमा उडेको हेलिकप्टर बिहान ८:१८ मा अवतरण हुनुपर्ने थियो ।





























प्रतिक्रिया