शनिबार बिहानैदेखि सम्पर्कबिहिन अल्टिच्युड एअरको हेलिकप्टर धादिङमा दुर्घटनाग्रस्त अबस्थामा फेला परेको छ । धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
हेलिकप्टर ५ जना नेपाली र १ जना जापानी नागरिक बोकेर गोरखाको सानोगाउँबाट काठमाडौं आउँदै थियो । हेलिकप्टर क्याप्टेन निश्चल केसीले चलाएको थिए । कम्पनीका संचालक सिताराम सापकोटाले उक्त हेलिकप्टर धादिङमा अवतरण भएको अनुमान गरिएको हेलिकप्टरको खोजीका लागि अर्को हेलिकप्टर पठाईएको जानकारी दिए । तर मौसम खराबीका कारण अवतरण गर्न नसकिएको सापकोटाले बताए ।
कल साइन ९ एनको हेलिकोप्टरमा क्याप्टेन निश्ल केसी सहित जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा सेर्पा, खोर्काका चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्पा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार थिए ।
यो हेलिकोप्टर काठमाडौंबाट पर्यटक लिई शनिबार बिहान गोरखाको सानागाउँ पुगेको थियो । त्यहाँबाट ६ जना यात्रु लिएर फर्केको हेलिकप्टर बिहान ८:१८ मा अवतरण हुनुपर्ने थियो ।





























प्रतिक्रिया