महोत्तरीमा गोली प्रहार गरी लाखौंको धनमाल डकैती भएको छ । महोत्तरीको भंगहा नगरपालिका ६ जमुनियामा गएराति १२ बजे गोली प्रहार गरी लुटपाट भएको हो ।
डाँकाहरुको समुहले स्थानीय अर्जुन भुजेलको घरमा लुटपाट भएको हो । परिवारले नगद र गरगहनासहित करिव ८ लाख बराबरको गरहगना लुटेको बताएको छ ।
आक्रमणबाट एकै परिवारका पाँचजना घाइते भएका छन् । गोलीको छर्राले घाइते हुनेमा ४६ का अर्जुन भुजेल, उनकी श्रीमती वर्ष ४५ की अञ्जु भुजेल, छोराहरू वर्ष २४ का दिपेन्द्र भुजेल, वर्ष १६ का अमित भुजेल र मेचीनगर १ का वर्ष ३१ का सुमन बुढाथोकी रहेका छन् ।
।
उनीहरुको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भैरहेको जनाएको छ । घटनास्थलबाट सुतली बम र तीन थान गोलीको खोका फेला परेको जनाएको छ ।





























प्रतिक्रिया