काठमाडौँ
सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको सुनुवाइ भदौ २५ गते हुने भएको छ ।
संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्र विरुद्ध परेका उजुरी शुक्रबार खोलेको हो । समितिले २४ गते उजुरीकर्तासँग छलफल गरी २५ गते मिश्रसँग छलफल गर्ने निर्णय गरेको नेकपाका सांसद योगेश भट्टराईले जानकारी दिए ।
मिश्र विरुद्ध समितिमा चार वटा उजुरी परेका छन् । समितिले भदौ १० देखि २० गतेसम्म उनी विरुद्ध उजुुरी संकलन गरेको थियो । एनसेलको कर छुट देखि श्रीमती हत्यामा जेल जीवन बिताइरहेका सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइरालाको मुद्दामा झगडिया झिकाएर आफन्तसँग घुस लिएको आरोप मिश्र माथि लगाएर समितिमा उजुरी परेका छन् ।
त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदका लागि लिएको गणित विषयको परीक्षाको प्रश्नपत्र आउट गर्नेलाई छुट दिएको र हाँडीगाउँको जग्गाको मुद्दा फैसलामा पनि घुस खाएको भन्दै समितिमा उजुुरी परेको स्रोतले बतायो । ललितपुरको सैंबुस्थित विवादास्पद जग्गाका विषयमा मिश्रले अनियमितता गरेको भन्दै समितिमा परेको एउटा उजुरी भने उजुरीकर्ताले नै फिर्ता लिएको समितिका सदस्य बताउँछन् ।
अन्नपूर्णबाट































प्रतिक्रिया