काठमाडौँ

राज्यलाई महत्वपूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौँ व्यक्तिलाई विभिन्न विभूषण (तक्मा) ले सम्मान गर्दछ । "/>

सरकारले वितरण गर्ने तक्मामै राज्यको आठ करोड खर्च

सरकारले वितरण गर्ने तक्मामै राज्यको आठ करोड खर्च

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राज्यलाई महत्वपूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौँ व्यक्तिलाई विभिन्न विभूषण (तक्मा) ले सम्मान गर्दछ । सम्मानित हुनेमा धेरैजसो सत्तानिकट व्यक्ति हुने भएकाले विभूषण वितरण सधैँ विवादमा पर्ने गर्छ ।

यसमा हरेक वर्ष ठूलो बजेट पनि खर्च हुने गरेको छ । गत मंगलबार प्रदान गरिएको विभूषणमा करिब आठ करोड खर्च भएको छ । एक वर्ष अघिको सिफारिसको आधारमा तीन सय ४३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित गरिएको थियो । जुन तक्मा बनाउन आठ करोड खर्च भएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले दिने तक्मा मध्ये सबैभन्दा ठूलो नेपालरत्न हो । यो तक्मा बनाउन करिब १५ लाख खर्च हुन्छ । नेपालरत्न विभूषण यस वर्ष स्व. बिपी कोइरालालाई प्रदान गरिएको थियो । तक्मा हीराजडित हुन्छ । सुनको रश्मि आकार भित्र कमलको पात आकारको आठवटा रातो मीना जडान गरिएको हुन्छ । त्यस्तै बीचमा सुनले बनाएको नेपालको नक्सा पनि हुन्छ ।

यसैगरी राष्ट्रगौरव तक्माको नौ लाख, राष्ट्रदीपको करिब साँढे ६ लाख तथा जनसेवाश्रीको ६ लाख रुपैयाँ लाग्छ । राष्ट्रगौरव र राष्ट्रदीप पनि हीरा र सुन जडान गरेर निर्माण गरिएको हुन्छ । जनसेवाश्रीमा मणिक जडान गरिएको हुन्छ ।

त्यस्तै अलंकार बनाउन एउटाको २ हजार ५ सय तथा पदक बनाउन करिब ८ सय रुपैयाँ खर्च हुन्छ । गत वर्ष धेरैलाई विभूषण प्रदान गर्ने निर्णय भएकाले खर्च धेरै भएको हो । गृहले घरेलु तथा साना उद्योग विभागलाई यसको जिम्मेवारी दिने गरेको छ ।
नयाँ पत्रिकाबाट

Logo