काठमाडौं

आज १९ औं अन्तर्राष्ट्रिय युवा दिवस हो । हरेक वर्षको अगष्ट १२ मा यो दिवस मनाईंदै आइएको छ । "/>

आज १९ औं अन्तर्राष्ट्रिय युवा दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईंदै

आज १९ औं अन्तर्राष्ट्रिय युवा दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईंदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आज १९ औं अन्तर्राष्ट्रिय युवा दिवस हो । हरेक वर्षको अगष्ट १२ मा यो दिवस मनाईंदै आइएको छ । यसवर्षको नारा ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने रहेको छ । राष्ट्रिय युवा परिषद्ले आज देखि साउन ३० गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरी ‘अन्तर्राष्ट्रिय युवा दिवस’–२०७५ मनाउने भएको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुसार विश्वमा सन् २००० बाट विभिन्न देशले अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आएका छन् । नेपालमा भने यो दिवस सन् २००४ बाट मनाउन शुरु गरिएको हो ।

यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘युवाका लागि सुरक्षित वातावरण’ तय गरिएको छ । नेपालमा कूल जनसङ्ख्याको ४० दशमलव ३५ प्रतिशत अर्थात एक करोड १४ लाख ४४ हजार ४०० युवा रहेका छन् । ती मध्ये झण्डै ६० लाख युवा वैदेशिक रोजगारमा छन् ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव प्रसाद ढुङ्गेलद्वारा जारी प्रेस विज्ञप्तिमा ¥याली, युवा प्रतिभा सम्मान, विभिन्न सांस्कृतिक कार्यक्रम, युवा संवाद सिर्जना कार्यक्रम, ‘युवा दर्पण’ स्मारिका विमोचन, ‘युवाका लागि स्थान’ विषयमा ललितकला प्रतियोगिता र मानव सेवा आश्रममा भोजन सेवा कार्यक्रमको आयोजना गरी मनाउने उल्लेख छ ।

Logo