काठमाडौं

नीजिक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले दुई तिहाईको शक्ति भएको सरकार महशुश नै हुन नपाएको गुनासो प्रधानमन्त्री समक्ष राखेको छ । "/>

प्रधानमन्त्री ज्यू, दुर्इतिहाईको सरकार महशुस नै भएन–व्यवसायी

प्रधानमन्त्री ज्यू, दुर्इतिहाईको सरकार महशुस नै भएन–व्यवसायी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नीजिक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले दुई तिहाईको शक्ति भएको सरकार महशुश नै हुन नपाएको गुनासो प्रधानमन्त्री समक्ष राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको निवास वालुवाटारमै पुगेर व्यवसायीले उद्योग व्यवसाय फस्टाउने वातावरण बनाई दिन आग्रह गरेको हो ।

महासंघ अध्यक्ष भवानी राणाको नेतृत्वमा टोली वालुवाटार गएको थियो । भेटका क्रममा राणाले निजीक्षेत्र सम्मिलित परामर्श समूह गठन गर्ने ओलिको यस अघिको आश्वासन पनि पुरा नभएको भन्दै त्यसलाई छिटो पूर्णता दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् ।

स्थानीय तहमा दोहोरो तेहोरो करको समस्याले व्यवसायी त्रसित रहको औल्याउदै उनले तत्काल एकिकृत कर प्रणाली लागू गर्न र वर्तमान कर प्रणालीमा सुधार गर्न पनि आग्रह गरेकी छन् । ‘उत्पादकत्व अभिवृद्धि गर्ने, लगानी आकर्षण गर्ने खालका ‘स्टीमुलस प्याकेज’ सरकारले घोषणा गर्नु आवश्यक छ,’ उनले भनिन्, ‘समृद्धि नेपाल सुखी नेपाली भन्ने सरकारको अभियानलाई साकार बनाउन महासंघ पनि प्रतिवद्ध छ ।’

सो अवसरमा प्रधानमन्त्री ओलीले उद्योग व्यवसायको विकासका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहयोग सम्बन्धी ठोस सुझाव लिखित रूपमा ल्याउन आग्रह गरेका थिए । पुराना ऐन कानूनहरूमा कहाँ, के संसोधन, पुनरलेखन, परिमार्जन आवश्यक छ त्यसमा लिखित सुझाव दिन उनले आग्रह गरे ।
नागरिकबाट

Logo