काठमाडौं
साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको उनकै इच्छा अनुसार अन्तिम बिदाइ गरिएको छ । ‘ब्रेन ह्यामरेज’का कारण ललितपुरको सुमेरु अस्पतालमा निधन भएका दाहालको पार्थिव शरीर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा बुझाएर अन्तिम बिदाइ गरिएको हो ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा पत्नी सुधा र आमा कृष्णकुमारीले उनको पार्थिव शरीर अस्पतालको क्लिनिकल एनाटोमी विभागका प्रमुख डा निरञ्जु रञ्जीतलाई हस्तान्तरण गरेका हुन् । यसरी शैक्षिक अभ्यासका लागि शव अस्पताललाई हस्तान्तरण गरिएको यो पहिलो घटना भने होइन । यसअघि भरत उप्रेती, कृष्णप्रसाद पन्त र पद्म खड्काको शव समेत उनीहरुको इच्छा अनुसार एनाटोमी विभागलाई हस्तान्तरण गरिएको थियो ।
त्यस अघि शनिबार बिहान ९ बजे देखि ११ बजे सम्म दाहालको शव श्रद्धाञ्जलिका लागि उनकै निवास मन्डिखाटारमा राखिएको थियो । दाहालको इच्छा अनुसार श्रद्धाञ्जलिमा उपस्थित शुभचिन्तकले फूल, अक्षता र अबिर चढाएनन् । उनलाई सुमेरु अस्पतालबाट घर पुर्याएपछि पत्नी र आमाले सेतो कपडा ओढाएर श्रद्धाञ्जलि दिए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया