बलिउडमा लामो समयदेखि सक्रिय रहेकी नेपाली अभिनेत्री मनिशा कोइराला अब लेखिका बनेकी छिन् । कोइरालाले लेखेको पहिलो किताबको नाम ‘द बुक अफ अनटोल्ड स्टोरिज’ रहेको छ । "/>

मनिशा कोइरालाको पहिलो किताब सार्वजनिक

मनिशा कोइरालाको पहिलो किताब सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

बलिउडमा लामो समयदेखि सक्रिय रहेकी नेपाली अभिनेत्री मनिशा कोइराला अब लेखिका बनेकी छिन् । कोइरालाले लेखेको पहिलो किताबको नाम ‘द बुक अफ अनटोल्ड स्टोरिज’ रहेको छ ।

कोइरालाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट पहिलो पटक किताबको नाम सार्वजनिक गरेकी हुन् । साथै मनिषाले आफ्नो ट्विटर मार्फत प्रकाशकलाई धन्यवाद दिएकी छिन् ।उनले लेखेकी छिन् धन्यवाद गुरवीन चड्डा र पेग्विन इन्डिया, मलाई आफ्नो कथा बनाउन प्रेरित गरेकोमा, मेरो यो पहिलो किताब हो । आशा छ तपाईहरुले पक्कै पढनुहुनेछ र भविष्यमा अन्य किताब पनि आउनेछ ।’

मनिशाले आफ्नो उपचार अमेरिकामा गराएर क्यान्सरबाट मुक्त भएकी हुन् । उनले आफ्नो नयाँ पुस्तकमा आफ्नो असफल जीवन कथा, क्यान्सर रोग र उपचारको अनुभवलाई समेटेको अनुमान गरिएको छ । क्यान्सरबाट पीडित भएपछि उनी लामो समय फिल्म क्षेत्रबाट हराएकी थिइन् । तर क्यान्सरबाट मुक्त भएपछि काइरालाले फिल्म सञ्जुबाट बलिउडमा कमब्याक गरेकी छिन् ।

Skip This
Skip This
Logo