भनिन्छ, समय कहाँबाट कहाँ पुगिसक्यो । वास्तवमा यो कुराले हामीलाई साँच्चिकै समय परिवर्तन भएको अनुभव गराउँछ । भारतको मध्य प्रदेशमा अवस्थित गणेश मन्दिरको बारेमा सुन्दा जो कोही पनि अचम्ममा पर्छ ।
यस खबर सुन्दा सबैलाई मजाक गरेको जस्तो लाग्यो होला, तर यो खबर एकदम सहि रहेको छ । भारतको मध्यप्रदेशमा रहेको भगवान् गणेशको मन्दिरमा भक्तहरु फोनमार्फत आफ्ना समस्याहरु राख्ने गर्छन् । समस्याहरुलाई फोन मार्फत सुनाउने चलन आजबाट होइन् आजभन्दा ४ वर्ष पहिलेदेखि नै सुरु गरिएको हो ।
यस मन्दिरमा दिनमा हजारौँ मानिसहरु दर्शन गर्न आउँछन् । प्रत्येक विहान सयौँ मानिसहरुले भगवान् गणेशसँग आफ्ना समस्याहरु राख्ने गर्छन । चिन्तामन स्वामी गणेश मन्दिरका नामले चिनिएको उक्त मन्दिरमा आफ्ना समस्या गणेश भगवानसँग फोनबाटै राखेर प्रार्थना गर्ने गरिन्छ ।
३ वर्ष अगाडि भने यस मन्दिरमा भगवानको पाउ छोेएर भगवानको खुट्टामा आफ्ना समस्या कागजमा लेखेर राख्ने नियम रहेको थियो । उक्त पत्र पुरोहितले भगवानलाई पढेर सुनाएपछि उक्त व्यक्तिको समस्या दुर हुने गरेको स्थानीयहरुले बताएका छन् । तर भगवान गणेशको भक्त विदेश जानुपर्ने बाध्यता भयो ।
भगवान गणेशसँग टाढा हुन नचाहेको उसले विदेशबाटै चिठी पठाएर आफ्ना समस्याहरु पार लगाउने गथ्र्यो । त्यहाँका पुजारीहरुले उसको त्यो अवस्था हेरेर फोनबाटै भगवानसँग कुरा गर्न सक्ने ब्यवस्था मिलाई दिएका हुन् । अहिले दिनहूँ सयौँ मानिसहरुले फोनमार्फत आफ्ना समस्याहरु राख्दै आएका छन् ।





























प्रतिक्रिया