रसुवा
जनैपूर्णिमाको अवसरमा रसुवाको पबित्र तीर्थस्थल गोसाईकुण्डमा लाग्ने मेलाको व्यवस्थापनका लागि तयारी सुरु भएको छ । हरेक वर्ष पुत्रदा एकादशी देखि साउन शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमाका दिन सम्म लाग्ने गोसाईकुण्ड मेलाको व्यवस्थापनका लागि यो वर्ष पनि तयारी सुरु भएको हो । जिल्ला प्रशासन कार्यालय रसुवामा एक कार्यक्रमको आयोजना गरि मेला व्यवस्थापनका लागि विभिन्न ९ वटा उपसमिति गठन गरि आवश्यक तयारी सुरु गरिएको गोसाईकुण्ड क्षेत्र बिकास समितिका अध्यक्ष संजिब डिमले जानकारी दिए ।
मेला भर्न आउने भक्तजनलाई सहज सुविधा प्रदान गर्न खानेपानी तथा सरसफाई उपसमिति, स्वास्थ्य उपसमिति, प्रचारप्रसार उपसमिति, वातावरण उपसमिति, स्वयम सेवक व्यवस्थापन उपसमिति गठन गरिएको छ । त्यस्तै अन्य समितिमा आर्थिक व्यवस्थापन उपसमिति, अनुगमन उपसमिति, यातायात व्यवस्थापन समिति, दररेट निर्धारण उपसमिति गठन गरिएको छ ।
गठन गरिएको उपसमितिले शुक्रबार सम्म कार्ययोजना बनाई क्षेत्र विकास समितिमा पेश गर्ने कार्यक्रम छ । त्यस लगत्तै सबै टोली परिचालन गरिने डिमले बताए । गोसाईकुण्ड मेला यहि साउन ३१ गते देखि भदौ १० गते सम्म लाग्ने क्षेत्र विकास समितिले जनाएको छ । विगत वर्ष झैं यो वर्ष पनि तीर्थालुलाई सहज यात्रा गर्न सकिने गरी गोसाईकुण्ड जाने गोरेटो तथा घोरेटो बाटो मर्मत गरि यात्रुहरुलाई सहज बनाईने गोसाईकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।
पौराणिक कथन अनुसार परापूर्व कालमा देवता र दानवबीच लडांई हुंँदा समुन्द« मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाईवावा भगवान शिव शंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशुल धाराको उत्पति भई त्रिशुल धाराको पानीबाट गोसाईकुण्डको उत्पति भएको भन्ने किंवदन्ति रहेको पाईन्छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया