सुनसरी

सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाख भन्दा बढी रकम हिनामिना भएको छ । "/>

बिरामीले तिरेको १९ लाख अस्पतालका कर्मचारीको खल्तीमा !

बिरामीले तिरेको १९ लाख अस्पतालका कर्मचारीको खल्तीमा !

केन्द्रबिन्दु
0
Shares

सुनसरी

सुनसरी सदरमुकाम इनरुवास्थित जिल्ला अस्पतालमा बिरामीले तिरेको १९ लाख भन्दा बढी रकम हिनामिना भएको छ । बिरामीले नाम दर्ताका लागि तिरेको रकम कर्मचारीले बैंकमा दाखिला नगरी आफैँ चलाएको भेटिएको हो ।

प्रयोगशालाका विकेश श्रेष्ठ एक्लैले १० लाख ६४ हजार भन्दा बढी रकम हिनामिना गरेको पाइएको छ । नाम दर्ता गराउने ठाउँमा कार्यरत कर्मचारी कविता पोद्दारका नाममा झन्डै पाँच लाख र अजय प्रधानको नाममा तीन लाख ६९ हजार भन्दा बढी बक्यौता छ । सरु भट्टराईको नाममा १३ हजार ६ सय ९७ रुपैयाँ बाँकी देखिन्छ ।

असार मसान्त अघि सम्म भट्टराईको नाममा १७ लाख ६१ हजार भन्दा बढी बक्यौता थियो । उनले सो रकम असार मसान्तमा बुझाएको देखिन्छ । अन्य कर्मचारीको नाममा पनि असार मसान्त अघि ठूलो रकम बक्यौता देखिए पनि पछि केही तिरेको देखिएको हो ।

रकम हिनामिना भएको विषय सार्वजनिक भएपछि कर्मचारीले कम्प्युटर प्रणालीबाटै डाटा मेटाउने प्रयास समेत गरेको देखिन्छ । महालेखा परीक्षकको कार्यालयले खोजी गर्दा कुनै विवरण नभेटिएपछि सफ्टवेयर प्राविधिक मार्फत जाँच गरेको थियो । कर्मचारीले मेटाएको डाटा प्राविधिकले निकालेका थिए ।

यसै विच कर्मचारीहरूले बिरामीबाट उठेको रकम हिनामिना गरेपछि अख्तियारमा उजुरी परेको थियो । अख्तियारले गत ४ साउनमा सबै कागजपत्र बुझाउन १० दिनको म्याद दिएर अस्पताललाई पत्र पठाएको थियो । पत्र अनुसार सबै कागजपत्र बुधबार अख्तियारमा बुझाएको लेखा अधिकृत श्रवण घिमिरेले जानकारी दिए ।
नयाँ पत्रिकाबाट

Logo