ओखलढुंगा
सोलुखुम्बुको गोक्यो तालमा डुबेर बेपत्ता तीन विद्यार्थी मध्ये एकजनाको शव निकालिएको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले बुधबा दिउँसो एउटा शव निकालेको हो । काठमाडौंबाट हेलिकोप्टरमा मंगलबार सोलुखुम्बु ओर्लिएको सशस्त्र प्रहरीको टोलीले हिमतालको २५ मिटर गहिरो स्थानबाट शव निकालेको हो। निकालिएको शवको सनाखत भइ सकेको छैन । अन्यको खोजी भइरहेको छ ।
सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाली सेना र नेपाल प्रहरीको टोलीले बुधबार बिहानबाट हिमतालमा बेपत्ता तीन विद्यार्थीको खोजी थालेका हुन् । उद्धार कार्यमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीका पाँच पाँच जनाको टोली खटिएको खुम्बु पासाङल्हामु गाउँपालिका ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए ।
गत शनिबार घुम्ने क्रममा गोक्यो हिमताल पुगेका खुम्जुङ माध्यमिक विद्यालयका विद्यार्थी मध्ये तीन जना तालमा पौडी खेल्ने क्रममा डुबेका थिए । गोक्यो सोलुखुम्बु जिल्लाको सबैभन्दा ठूलो हिमताल हो । यो ताललाई स्थानीय शेर्पा भाषामा ‘थोनाक’ भनिन्छ । यो हिमताल गोक्यो तेस्रो तालका नामबाट पनि परिचित छ ।
यसैबीच खुम्जुङ आधारभूत विद्यालयले विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको बिना अनुमति विद्यार्थीलाई शैक्षिक भ्रमणमा लाने दुई शिक्षकलाई निलम्बन गरेको छ । हिमालयन ट्रष्टको आर्थिक सहयोगमा विद्यालयमा शिक्षकका रुपमा कार्यरत स्थानीय छुङजिङ दोर्जी शेर्पा र भक्तपुरका रञ्जित बल निलम्बनमा परेका हुन् ।
अन्नपूर्णबाट































प्रतिक्रिया