काठमाडौं

प्रदेश नम्बर २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न उच्च अदालतले परमादेश जारी गरेपछि राष्ट्रिय जनता पार्टीले सरकारलाई मधेस आन्दोलनका मुद्दा फिर्ता लिन दबाब दिने भएको छ । "/>

शर्मालाई राज्यमन्त्री बनाएपछि राजपा भित्र असन्तुष्टि

शर्मालाई राज्यमन्त्री बनाएपछि राजपा भित्र असन्तुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रदेश नम्बर २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न उच्च अदालतले परमादेश जारी गरेपछि राष्ट्रिय जनता पार्टीले सरकारलाई मधेस आन्दोलनका मुद्दा फिर्ता लिन दबाब दिने भएको छ । सुरक्षाकर्मी हत्या अभियोगका आरोपी शर्मालाई १७ साउनमा अदालतले पक्राउ गर्न परमादेश जारी गरेको थियो । सो घटनामा संलग्न कौशल यादव प्रदेश सभा सदस्य छन् । शर्मा र यादवसहित घटनासँग जोडेर २८ जनालाई अभियुक्त बनाइएको छ ।

शर्मा राज्जमन्त्रीमा नियुक्त भएको एक सात पनि बित्न नपाउँदै अदालतले पक्राउ गर्न आदेश दिएको हो । यअसघि जिल्ला अदालत महोत्तरीले उनलाई पक्राउ गर्न आदेश दिएको थियो । शर्मा प्रदेश सभा निर्वाचनमा सहभागी भए पनि पक्राउ भएका थिएनन् ।

२५ असोज ०७२ मा महोत्तरीको जलेश्वरमा आन्दोलनकारीको कुटपिटबाट घाइते भएका सशस्त्र प्रहरी असई थमनबहादुर विकको हत्याको योजनाकार रहेको भन्दै शर्मालाई प्रहरीले ‘मोस्ट वान्टेड’ को सूचीमा राखेको छ । आन्दोलनकारीको कुटपिटबाट गम्भीर घाइते विकलाई थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा महोत्तरीको सनोखराको वनको बाटोमा एम्बुलेन्स रोकेर लाठी प्रहार गरी हत्या गरिएको थियो । हत्या अभियोग लागे पनि शर्माले प्रदेश २ को प्रदेश सभामा शपथ ग्रहण गर्न पाएका थिए ।

शर्मालाई राज्यमन्त्री बनाइएपछि राजपाभित्र असन्तुष्टि चर्को छ । पार्टी संयोजक महन्थ ठाकुरले अन्य नेतासँग सल्लाह नगरी शर्मालाई राज्यमन्त्री बनाइएको भन्दै राजपाभित्र राजेन्द्र महतो र शरतसिंह भण्डारी लगायतका नेताहरू असन्तुष्ट छन् ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo