ललितपुर

अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेपछि सोमबार जनजीवन निकै प्रभावित रह्यो । "/>

ललितपुरमा बाढीले गुडिरहेको गाडी नै बगायो !

ललितपुरमा बाढीले गुडिरहेको गाडी नै बगायो !

केन्द्रबिन्दु
0
Shares

ललितपुर

अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेपछि सोमबार जनजीवन निकै प्रभावित रह्यो । गोदावरी खोलाको बाढीले सडकमा मान्छे सहित गाडी बगाएको थियो । गाडी क्षति भएपनि प्रहरी र स्थानीयको उद्धारले मानवीय क्षति हुन पाएन । त्यसैगरी गोदावरी खोलाको पानीको बहावले बस्ती डुबानमा परेपछि लुभु सानो गाउँको बाटो अवरुद्ध रहयो ।

आईतबार राति देखि परेको पानीका कारण विभिन्न खोलाको पानी बहाव बढेपछि बस्ती डुबानमा परेको हो । हातिवनस्थित कर्मनाशा खोला, लुभुको गोदावरी खोलामा पानीको बहाव बढेपछि वरपरको बस्ती डुबानमा परेको हो । हातिवन, लुभुका बस्तीहरु डुबानमा परेपछि जनजीवन निकै कष्टकर भएको थियो । त्यसैगरी मनोहरा खोला नजिकैको इमाडोल र वाग्मती खोलाको बहावले शंखमुलस्थित सुकुम्बासी बस्ती पनि डुबानमा परेको थियो ।

हातिवनस्थित कर्मनाशा खोलामा मेरो सिटी नामक अपार्टमेन्टले बनाएको सानो पुलले पानीको बहाव रोकिएपछि पानी अन्यतिर मोडिएर बस्ती डुबानमा परेको हो । पुलले गर्दा पानीको बहाव रोकिएर पुल पारीबाट पानी बगेको थियो । यसले गर्दा बस्तीमा निकै त्रासदी मच्चिएको स्थानीयवासी राकेश अवालेले बताए । ‘अपार्टमेन्टले बनाएको पुलका कारण बस्ती डुबानमा परेको छ । प्रशासनले यस विषयमा बोल्नुपर्दछ ।’ अवालेले आक्रोश व्यक्त गरे । ‘

‘पुल स्वीकृति लिएर बनाएको हो कि होइन । स्वीकृति दिएको हो भने महानगरपालिकाले यसको जवाफ दिनुप¥यो । नभए सम्बन्धित अर्पाटमेन्टलाई कारवाही गर्नुप¥यो ।’ स्थानीयवासी रत्न अवालले भने । त्यसैगरी हातिवन, हरिसिद्धि, थैब, बाडेगाउँ, बडिखेल, गोदामचौर, सिद्धिपुर, लुभु, लामाटार, सैंबु, भैंसेपाटीका विभिन्न स्थानमा जलमग्न भएको थियो । गोदामचौरमा पहिरोले गर्दा आवागमन ठप्प भएको थियो ।
नेपाल समाचारपत्रबाट

Logo