सोमबार पनि देशभरी नै वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ । सोमबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने मौसमविदहरुले बताए ।
सोमबार दिउँसो पश्चिम क्षेत्रका थोरै र मध्य तथा पूर्व क्षेत्रका एक वा दुइ स्थानमा भारी वर्षा हुने सम्भावना छ । राति मध्य र पश्चिमि क्षेत्रका एक वा दुई स्थानमा पनि भारि बर्षाको सम्भावना रहेको छ।
यस्तै मगलबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका मध्य र पश्चिमका धेरै स्थानहरूमा र पुर्वका केहि स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ। मंगलबार राति पश्चिम तथा मध्यका एक वा दुई स्थानमा भारि बर्षाको पनि सम्भावना रहेको छ।
बुधबार दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशको अधिकांश स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षाको सम्भावना छ।
कन्काई, कमला, बागमतीसहितका नदीमा पानीको बहाब दिउँसोसम्म सतर्कताको आसपास पुग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, झापा, मोरङ्ग, सुनसरी, सिन्धुलीसहितका जिल्लामा नदी तथा चुरे आसपासका बासिन्दा सचेत हुनु पर्नेछ ।
देशका सबै नदीमा बिहानको मापन अनुसार पानीको सतहल सतर्कता तह भन्दा तल रहेको तर बढ्ने क्रममा जारी रहेकाले सचेत हुनु पर्ने देखिएको हो । यस्तै लगातारको वर्षाका कारण काठमाडौँ, ललितपुर तथा भक्तपुरका अधिकांश नदी, खोला तथा नालीहरुमा पानीको बहाब उच्च रहेको छ ।
सोमबार देशका प्रमुख नदीहरु कन्काई, सप्तकोशी र यसका शाखा नदीहरु, कमला, नारायणी तथा यसका शाखा नदीहरु, पश्चिम राप्ति, बबई, कर्णाली तथा यसका शाखा नदीहरु र महाकाली लगायका नदीमा बहाब बढ्ने देखिएको छ । यस्तै पहाडी क्षेत्रका खहरे खोलामा एक्कासी बाढी आउने सम्भावना रहेकाले सचेत हुन आग्रह गरिएको छ ।































प्रतिक्रिया