काठमाडौं
काठमाडौंमा जाँड रक्सी खाएर भ्यान चलाउँदा भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
गए राति काठमाडौंको महाराजगञ्जमा दुर्घटना हुँदा टंगाल बस्ने खोटाङका रामबहादुर थापा र सिन्धुपाल्चोकको जुगलका पशुपति सिलवालको ज्यान गएको हो । बा १९ च ६५१५ नम्बरको भ्यान रोकिराखेको बा ४ ख ९८५४ नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका भ्यानका चालक सिन्धुपाल्चोकका सुरेश पराजुलीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकले जाँड रक्सी खाएर गाडी चलाउँदा दुर्घटना भएको हो ।





























प्रतिक्रिया