काठमाडौं

नेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । "/>

त्रिशूली–काठमाडौं भूमिगत प्रसारण लाइनको काम ४८ प्रतिशत सम्पन्न

त्रिशूली–काठमाडौं भूमिगत प्रसारण लाइनको काम ४८ प्रतिशत सम्पन्न

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन बनाउनु पर्नेछ । त्यसमध्ये हालसम्म ६ सय ३० मिटरको काम सकिएको हो । भूमिगतरुपमा २४ वटा तार राख्न मिल्ने गरी संरचना बनिरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार आयोजनाको स्थलगत निरीक्षण गरी भूमिगत लाइनको सिभिल संरचना निर्माणको बाँकी काम दुई महिनाभित्र सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।

ठेकेदार कम्पनीले निर्माणमा भइरहेको स्थानीय अवरोध हटाई सुरक्षाको प्रत्याभूति दिएमा र वन क्षेत्रको समस्या तत्काल समाधान भएमा दुई महिना भित्र काम सक्ने प्रतिबद्धता जनाइएको छ । निर्माणका लागि अहिले दैनिक २ सय ७० श्रमिक परिचालित छन् । रुख कटानमा समस्या रहेको जानकारी भएपछि मन्त्री पुनले आयोजनास्थलबाटै वन तथा वातावरण मन्त्री शक्ति बहादुर वस्नेतलाई फोन गरी गाँठो फुकाइदिन आग्रह गरेका थिए ।
नागरिकबाट

Logo