सुँगाको हत्या गरेपछि जेल सजाँय

सुँगाको हत्या गरेपछि जेल सजाँय

केन्द्रबिन्दु
0
Shares

मानिसहरु निषेधित र गर्न नहुने कामहरु साथै मार्न नपाउने जनावरहरु मारेर जेल गएको खबर त हामीले धेरै सुन्दै र पढ्दै आएका छौँ ।

तर त्यस्ता घटनाहरु केहि नगरेर पनि एक महिला जेलमा गएकी छिन् । उनले घरमा पालेर राखेको सुँगालाई मारेकै कारण भियतनाम सरकारले एक महिलालाई जेलको सँजाय सुनाएको छ । भियतनामकी त्रान् थी थुई ह्याँग नाम गरेकी उक्त महिला आफ्नो पति र सौतेनी छोरीसँग बस्दै आएकी थिइन् ।

उनको छोरीले आफ्नो साथी जस्तै गरेर एउटा लकि नामको सुँगा पालेकी थिइन् । एकदिन सुँगाले ह्याँगको गालामा ठुँग्यो । यहि रिसले उनले आफ्नो पति यु चि मेँग सँग सुँगालाई हटाउन अनुरोध गरिन् । तर पतिले नमानेपछि उनले छोरी र पति बाहिर निस्किएको दिन सुँगालाई चक्कुले नमरुन्जेल प्रहार गरिराखिन् ।

यस किसिमको बिभत्स हत्या गरेको कारणले उनलाई सिँगापुर अदालतले ५ हप्ताको जेलको सँजाय सुनाएको छ । उनले सुँगाको हत्यापछि सुँगा बस्ने पिँजडा समेत बाहिर फ्याँकेकी थिइन् ।

Logo