भक्तपुर
ब्लडपल नेपाल द्वारा भक्तपुरको कौशलटारस्थित ग्लोबल पाठशालामा आइतबार जीवन रक्षाको लागि एकबद्दता भन्ने नाराका साथ चित्रकला प्रतियोगिता सम्पन्न भयो । "/>

ब्लडपल नेपालद्वारा चित्रकला प्रतियोगिता आयोजना

ब्लडपल नेपालद्वारा चित्रकला प्रतियोगिता आयोजना

केन्द्रबिन्दु
0
Shares

भक्तपुर
ब्लडपल नेपाल द्वारा भक्तपुरको कौशलटारस्थित ग्लोबल पाठशालामा आइतबार जीवन रक्षाको लागि एकबद्दता भन्ने नाराका साथ चित्रकला प्रतियोगिता सम्पन्न भयो ।

चित्रकला मार्फत रक्तदान सम्बन्धी ज्ञान दिने साथसाथै जीवनरक्षाका निम्ति रक्तदान गरौं भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त प्रतियोगितामा कक्षा ३ देखि कक्षा ५ सम्म खुला प्रतियोगिता र कक्षा ६ देखि कक्षा १० सम्म रक्तदान सम्बन्धि विषयमा प्रतियोगिता केन्द्रित रहेको थियो। जसमा जुनियर तर्फ ५१ जना र सिनियर तर्फ १९ जनाको सहभागिता रहेको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा रहेका शेरमान नेपाली तथा नोर्बु लामाद्वारा उत्कृष्ट १० भित्र छनोट गरिएका प्रतिस्पर्धीहरु बीच फेसबुक भोटिङ मार्फत थप मुल्यांकन गरिने छ । विजेताहरुलाई श्रावण १० गते बिहीवारका दिन पाठशालाको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना सहित उत्कृष्ट तीन प्रतियोगीहरुलाई पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक श्रीराम रायमाझीले जानकारी दिए ।

जीवनरक्षाका निम्ति ऐक्यबद्धता भन्ने मूल नाराका साथ अघि बढेको टिम ब्लडपलले आवश्यक परेको बेला बिरामीलाई रक्तदाता खोज्न सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरु प्रयोग गर्दै आएको कुरा ब्लडपलका प्रमुख संयोजक सुशन कर्माचार्यले बताए ।

Logo