काठमाडौं

तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो । "/>

बालुवाटार : प्रधानमन्त्री निवास कि सत्तारुढ पार्टीको मुख्यालय ?

बालुवाटार : प्रधानमन्त्री निवास कि सत्तारुढ पार्टीको मुख्यालय ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो । असार २६ मा नेकपा सचिवालय बैठक पनि त्यहीं बस्यो । नेकपा नियमावली परिमार्जन कार्यादलको प्रतिवेदन माथि छलफल गर्न बैठक डाकिएको थियो । अर्को दिन असार २७ मा पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै नेकपाको सचिवालय बैठक बस्यो । सो बैठकले पार्टीको नियमावली तथा विधान पारित गर्ने निर्णय गर्यो ।

गत महिना सत्तासीन नेकपाका सबै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार निवासमै भए । सत्ताको नेतृत्व गरेका नेकपाले प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालयका रुपमा प्रयोग गरेको यो विषय नौलो भने होइन । यसअघि पनि सरकारको नेतृत्व गरेका दलले यही ठाउँलाई पार्टी बैठकस्थलका रुपमा प्रयोग गरेका थिए ।

२०४६ सालको जनआन्दोलनबाट बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापछि पहिलोपटक ०४८ मा नेपाली कांग्रेसबाट प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले पार्टी भित्र आफ्नो गुटका बैठक सरकारी निवास बालुवाटारमा बोलाउन सुरु गरेका थिए । त्यसपछि बालुबाटारलाई दलीय बैठक स्थलका रुपमा प्रयोग गर्ने क्रमले निरन्तरता पाएको छ ।

कोइराला त्यतिबेला पार्टी सभापति नभए पनि उनले आफ्नो समूहको बैठक प्रधानमन्त्रीका नाताले बालुवाटारमा डाक्ने गरेका थिए । उनले पार्टीका दुई गुट छत्तीसे र चौहत्तरे मध्ये आफ्नो पक्षको चौहत्तरे समूहको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पटकपटक आयोजना गरेका थिए । त्यसपछि सत्ताको नेतृत्व गरेका कांग्रेस, कम्युनिस्ट लगायत दलले यसलाई संस्कारकै रुपमा विकास गर्दै आएका छन् । यो संस्कृतिलाई वामपन्थी दलले समेत पछ्याउँदै आएको नेकपाले बालुवाटारमा पछिल्लो महिना आयोजना गरेका बैठकबाट प्रस्ट भएको छ ।

पार्टी बैठक प्रधानमन्त्री निवासमा गर्नु गलत भएको राजनीतिक विश्लेषक निलाम्बर आचार्य बताउँछन् । उनी सरकारी निवासलाई पार्टी कामका लागि प्रयोग गर्नु कुनै पनि हिसाबले उचित नहुने तर्क गर्छन् । ‘दलको नेतृत्वकर्ता नै प्रधानमन्त्री भएको अवस्थामा कहिलेकाहीं विभिन्न कारणले दलको बैठक सरकारी निवासमा बोलाउनु पर्ने बाध्यता होला तर नियमित रुपमा प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कामका लागि प्रयोग गर्नु उपयुक्त होइन्’, आचार्यले भने । पार्टी कार्यालयहरु नै स्थापना गरिएकाले दलका बैठक लगायत गतिविधि त्यहींबाटै सञ्चालन गरिनु पर्ने आचार्यको भनार्इ छ ।

वाम विश्लेषक हरि रोका सरकारको नेतृत्वमा पुगेका दलका नेताहरुले प्रधानमन्त्रीको सरकारी निवासलाई गलत ढंगले प्रयोग गरिरहेको आरोप लगाउँछन् । सत्तासीन दलका नेताहरुमा राज्य र पार्टीबीच फरक हुन्छ भन्ने सामान्य चेत समेत नहुँदा सरकारी निवासको दुरुपयोग भइरहेको रोकाको भनाइ छ ।

‘सत्तासीन दल र सत्ता भनेको फरक कुरा हो, यो विषयमा नेताहरुलाई चेत नहुँदा प्रधानमन्त्रीको सरकारी निवासलाई पार्टी कार्यालयका रुपमा दुरुपयोग गरिएको छ,’ रोकाले भने । उनी प्रधानमन्त्रीको सरकारी निवास पार्टीका मान्छेलाई भोज दिने तथा दलीय बैठक आयोजना गर्ने ठाउँ नभएको बताउँछन् । उनले यस विषयमा प्रधानमन्त्री नै सचेत हुनुपर्ने बताए । रोकाका अनुसार कहिलेकाहीं समय अभाव हुँदा दलका सानातिना विषयमा सरकारी निवासमा कुरा गर्न सकिने भए पनि संसदीय दलका बैठक र केन्द्रीय समितिका बैठक आयोजना गर्नु गतल हो ।
नागरिकबाट

Logo