काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कैलालीस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गहुँबाली सुपरजोनका प्रमुख रामानन्द यादवलाई २५ हजार रकम घुस लिँदै गरेको अवस्थामा बुधबार पक्राउ गरेको छ ।
कैलालीको साबिक उदासीपुर गाविस–८ स्थित सुपरजोन कार्यान्वयन इकाईको कार्यालयमा सेवाग्राहीबाट २५ हजार रकम लिँदै गर्दा यादवलाई पक्राउ गरिएको आयोगको कञ्चनपुरस्थित कार्यालयका प्रमुख ज्ञानेन्द्र प्रसाद ढकालले बताए ।
बुधबार अपरान्ह स्थानीय किसानलाई बोरिङका लागि दिएको ५५ हजार रुपैयाँ अनुदानबाट २५ हजार लिएपछि उनी अख्तियारको फन्दामा परेका हुन् । यादवले यसअघि धनगढीका पत्रकार सुशील ढुंगानासँग समेत ५० हजारको डकुमेन्ट्री बनाउँदा २५ हजार घुस मागेका थिए ।
किसानलाई दिएको रकम घुस खाएपछि अख्तियार महेन्द्रनगरस्थित कार्यालयका प्रवक्ता खिमानन्द पाठकको नेतृत्वमा आएको टोलीले उनलाई गदरियामा रहेको प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजनाको कार्यालयबाटै पक्राउ गरेको हो । उनको साथबाट २५ हजार नगद बरामद गरिएको प्रवक्ता पाठकले जानकारी दिए । यादवलाई पक्राउ गरी महेन्द्रनगरस्थित अख्तियारको कार्यालय लगिएको छ। यादवलाई आज काठमाडौं ल्याइने छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया