जुम्ला

चिकित्सा क्षेत्र सुधारको माग राखेर जुम्लामा अनशनरत डा गोविन्द केसीसँग बाहिरी भेटघाट प्रतिबन्ध लगाइएको छ । "/>

केसीसँग भेटघाटमा प्रतिबन्ध : भेन्टिलेटर तयारी अवस्थामा

केसीसँग भेटघाटमा प्रतिबन्ध : भेन्टिलेटर तयारी अवस्थामा

केन्द्रबिन्दु
0
Shares

जुम्ला

चिकित्सा क्षेत्र सुधारको माग राखेर जुम्लामा अनशनरत डा गोविन्द केसीसँग बाहिरी भेटघाट प्रतिबन्ध लगाइएको छ । अनशनका कारण स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि संक्रमणको खतरा औंल्याउँदै चिकित्सकले बाहिरी भेटघाट प्रतिबन्ध गरेका हुन् ।

डा केसीको स्वास्थ्य अवस्था बुझ्न दैनिक डेढ सय बढी शुभचिन्तक आउने गरेका छन् । चिकित्सक नारायण कँडेलले बाहिरबाट डा केसीलाई भेट्न आउनेलाई रोकेको बताए । ‘अहिले हामीले कसैलाई भेट्न दिएका छैनौं । डा केसी पनि चिकित्सकसँग पनि बोल्न सक्नु हुन्न ।’ कँडेलले डा केसीको स्वास्थ्य अवस्था निकै बिग्रिएको भन्दै जति बेला पनि अकल्पनीय घटना हुन सक्ने भएकाले अत्यावश्यक सामग्री पूर्वतयारीमा राखेर उपचार गरिरहेको समेत बताए ।

सोह्र दिन देखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ । डा केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिएकाले कुनै पनि बेला जीवनदायी उपचार गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै भेन्टिलेटर तयारी अवस्थामा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

डा केसीले सरकारले काठमाडौंबाट पठाएको चिकित्सकको टोलीबाट उपचार लिन अस्वीकार गरेका छन् । अनशनको १६ औं दिन पुग्दा समेत केसी भने आफ्ना अडानबाट पछि हटेका छैनन् । सरकार केसी अनशन छाडेर आउनुपर्ने र विधेयकमा व्यवस्था भएको आयोग मार्फत उनका माग सम्बोधन गर्नेमा लाग्नु पर्ने अडानमा छ । डा. केसी सरकारले आफ्ना माग पूरा नभएसम्म मृत्युवरण गर्न तयार रहेको तर अनशन नछाड्ने अडानमा छन् ।

Logo