ट्रिपरले ठक्कर दिंदा काठमाडौँमा एक जनाको मृत्यु भएको छ । ना ७ ख ९४७५ नम्बरको ट्रिपरले बा ९६ प ४९११ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल पछाडि बस्ने १८ वर्षीया अनुजा घिमिरेको मृत्यु भएको हो । घाइते अनुजाको बल्खुस्थित बयोधा हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालक अनुज भने सामान्य घाइते छन् । ट्रिपर र चालक प्रहरीको नियन्त्रणमा छन् । सरकारले साउन १ गतेबाट ट्रिपरलाई रातिको समयमा मात्र चलाउन पाउने नियम ल्याएको छ ।































प्रतिक्रिया