फिफा अध्यक्ष भन्छन्- ‘बिश्वकप २०१८ अहिलेसम्मकै उत्कृष्ट’

फिफा अध्यक्ष भन्छन्- ‘बिश्वकप २०१८ अहिलेसम्मकै उत्कृष्ट’

केन्द्रबिन्दु
0
Shares

फिफा बिश्वकप २०१८ का खेल सकिन अब मात्र २ दिन बाँकी रहेको छ । तेश्रो स्थानका लागि आज बेल्जियम र इँग्ल्याण्ड बिच प्रतिस्पर्धा हुँदै छ भने उपाधि विजेताको लागि भोलि बेलुका पौने नौ बजे पुर्व विजेता फ्रान्स र फाइनल नवप्रवेशिका टोलि क्रोएसीया बिच प्रतिस्पर्धा हुँदैछ । फिफा अध्यक्ष गियानी इन्फेन्टिनोले २०१८ को बिश्वकप अहिलेसम्मकै उत्कृष्ट बिश्वकप भएको बताएका छन् ।

फाइनल खेल हुन मात्र दुई दिन बाँकि हुँदा उनले पत्रकारहरुसँग यस्तो भनेका हुन् । उनले भने- ‘म यस बिश्वकपलाई आज सम्मकै सबैभन्दा उत्कृष्ट बिश्वकप भन्न अलिकति पनि हिच्किचाहट् गर्दिन ।’ इन्फेन्टिनोले रसियाका राष्टपति भ्लादिमिर पुटिन सँगको भेटघाटमा भने रसियाले ४ हप्तामै करोडौँ समर्थक बनाएको छ । रसियाका लागि यो बिश्वकप अत्यन्त लाभदायि रह्यो ।

यो बाहेक रसियालाई हेर्ने दुनियाको नजर पनि सकारात्मक भएको छ । पुटिनसँगको कुरामा उनले रसिया पाहुनालाई स्वागत र सत्कार गन कम छैन् भन्ने उदाहरण अहिले रसियाले देखाएको छ ।

Logo