कान्तिपुरको प्रधान सम्पादकमा नारायण वाग्ले

कान्तिपुरको प्रधान सम्पादकमा नारायण वाग्ले

केन्द्रबिन्दु
0
Shares

कान्तिपुरको प्रधान सम्पादकमा पत्रकार नारायण वाग्ले नियुक्त भएका छन् । कान्तिपुर् मिडिया ग्रुपले आज वाग्लेलाई स्वागत गरेका हुन् ।

केही दिन अघि मात्रै कान्तिपुर दैनिकका प्रधान सम्पादक रहेका सुधीर शर्मा र दी काठमाण्डू पोस्टका सम्पादक अखिलेश उपाध्यायले राजिनामा दिएका थिए । कान्तिपुरको तत्कालिन प्रधान सम्पादक रहेका वाग्लेले राजिनामा दिए लगतै शर्मा आएका थिए । संयोगबश अहिले फेरि शर्माले राजिनामा दिए लगतै वाग्ले नियुक्त भएका छन् ।

कान्तिपुर दैनिकको प्रधान सम्पादकमा वाग्ले नियुक्त भए पनि दी काठमाण्डू पोस्टको सम्पादक भने नियुक्त भएको छैन ।

Skip This
Skip This
Logo