काठमाडौं
नेपालमा पेट्रोलियम पदार्थ बोकेर आएका गाडी भारतको रुपैडिया नाकामा रोकिएका छन् । भारतीय भन्सारले पेट्रोलियम पद्धार्थ बोकेका गाडीलाई नेपाल छिर्न नदिँदा नेपालगन्ज आसपासको क्षेत्रमा इन्धन अभाव भएको छ । तेल लिएर आउँदै गरेका ७१ वटा ट्यांकर भारतको रुपैडिया नाकामा रोकिएका छन् । ट्यांकर सोमबार देखि रोकिएका हुन् । नाकाबाट अन्य सामग्री नेपाल भित्रिए पनि पेट्रोलियम पदार्थका ट्यांकर भित्रिएका छैनन् ।
भारतीय भन्सार कार्यालयले मालबाहक ट्रकलाई सहजै नेपाल पठाए पनि पेट्रोलियम पदार्थका ट्यांकर नाकामा रोकिएको नेपाल आयल निगम नेपालगन्ज क्षेत्रीय कार्यालयका प्रमुख बिनितमणि उपाध्यायले जानकारी दिए । उनले भने, ‘ती ट्यांकरमा एक हजार चार सय किलोलिटर पेट्रोलियम पदार्थ लोड गरिएको छ ।
यो क्षेत्रमा निगमले डिजेल र पेट्रोल गोन्डाबाट, एटीएफ इलहाबाद र एलपी ग्याँस मथुराबाट आयात गर्दै आएको छ । ‘पेट्रोलियमको माग अत्यधिक छ । हामीले दिन सकेका छैनौं,’ निगमका क्षेत्रीय प्रमुख उपाध्यायले भने, ‘पेट्रोलियम पदार्थ भारतकै निर्भर छौं । आयात नभएपछि दिन नसकिएको हो ।’ त्यस नाकाबाट भित्रिएका पेट्रोलियम पदार्थ १३ जिल्लामा आपूर्ति हुने गरेको उनले बताए । ‘लोड गरिएका केही ट्यांकर अवरोधका कारण २–३ दिनदेखि रुपैडियामा रोकिएका छन्’, नेपाल आयल निगमका निमित्त प्रबन्ध निर्देशक सुशिल भट्टराईले भने ।
उनले भने, ‘भारतीय राजदूतावास मार्फत अवरोध हटाउन पहल गरिरहेका छौं।’ निगमका अनुसार रुपैडियामा ५४ वटा डिजेल ट्यांकर, १५ वटा पेट्रोल ट्यांकर र दुईवटा मट्टीतेल ट्यांकर रोकिएका छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया