काठमाडौं

तपाईं सडकमा सवारी गुडाउँदा कसरी गुडाउनु हुन्छ ? लेनको पालना गर्नुहुन्छ वा हुन्न ? तर अब सवारी चलाउँदा लेन मिचियो अथवा लेन अनुशासन पालना गर्नु भएन भने होस गर्नुस्, तपाईंको घरमा नै फोन बज्नेछ । "/>

लेन मिच्नु भो ? घरमै फोन आउँछ नि !

लेन मिच्नु भो ? घरमै फोन आउँछ नि !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

तपाईं सडकमा सवारी गुडाउँदा कसरी गुडाउनु हुन्छ ? लेनको पालना गर्नुहुन्छ वा हुन्न ? तर अब सवारी चलाउँदा लेन मिचियो अथवा लेन अनुशासन पालना गर्नु भएन भने होस गर्नुस्, तपाईंको घरमा नै फोन बज्नेछ । ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना कम गर्न र सवारी चालकलाई अनुशासित बनाउन भन्दै उपत्यकामा लेन अनुशासनको पालनामा कडाइ गरेको हो । यसका लागि महाशाखाले उपत्यकाका विभिन्न स्थानमा ‘सर्भिलेन्स भेइकल’ राखेको छ ।

महाशाखाका प्रमुख वसन्त पन्तले लेन अनुशासनको पालनामा जोड दिन र सवारी दुर्घटना कम गर्न उपत्यकाका विभिन्न स्थानमा ‘सर्भिलेन्स भेइकल’ राखिएको बताए । सो भेइकल विशेष क्यामेरा जडित र चारै क्षेत्रको सडक अनि सवारीको अवस्थाको रेकर्ड राख्न सक्ने विशेष किसिमको रहेको उनले जानकारी दिए ।

पन्तका अनुसार सादा पोसाकमा खटाइएका ट्राफिक प्रहरी र विभिन्न स्थानमा जडित सीसी क्यामेरा सहित सडकमा बसेका ट्रफिकसँगै भएको ‘गोब्रो’ क्यामेराले समेत लेन अनुशासनको रेकर्ड राख्नेछ । क्यामेराले खिचेका फुटेजका आधारमा ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागसँग लेन मिच्ने वा जथाभावी लेन अनुशासन उल्लंघन गर्ने सवारी धनीको पूरा विवरण मागेर घरमा नै फोन गर्नेछ ।

यसरी फोन गर्दा ट्राफिक प्रहरीले सवारीले लेन मिचेको जानकारी गराउँदै ट्राफिक कार्यालयमा बोलाउनेछ । तीन पटक सम्म पनि आग्रह गर्दा सवारी धनी उपस्थित नभए सवारीसहित चालकलाई नियन्त्रणमा नै लिनेछ भने सवारी धनीलाई लेन मिचेको सवारीको फुटेज समेत देखाउनेछ ।

‘पहिले सडकमा सवारी चलाउँदा भएको कमजोरी सहितको जानकारी सवारी धनीलाई दिनेछौं र ट्राफिक कार्यालय बोलाउँछौं, नआए पुनः खबर गर्छौं,’ महाशाखाका प्रमुख एसएसपी पन्तले भने, ‘तेस्रोपटक सम्म पनि फोन गर्दा उपस्थित नभए सवारी नियन्त्रणमा लिएर कारबाहीको प्रक्रियामा जान्छौं ।’
राजधानीबाट

Skip This
Skip This
Logo