मेलम्ची

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालधाप गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नंं. को बोलेरो जीप विहिबार साँझ दुर्घटना हुँदा दुई महिलासहित ५ जनाको मृत्यु भएको छ । "/>

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना, ५ जनाको मृत्यु

सिन्धुपाल्चोकमा बोलेरो दुर्घटना, ५ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मेलम्ची

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालधाप गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नंं. को बोलेरो जीप विहिबार साँझ दुर्घटना हुँदा दुई महिलासहित ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा नौ जना घाइते भएको र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि मेलम्चीतर्फ लगिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

पाँचपोखरी थाङ्पालधाप गाउँपालिका तिपेनीबाट सोही गाउँपालिकाको मानेखर्कतर्फ जाँदै गरेको उक्त बोलेरो जीपमा १५ जना सवार रहेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
रासस

Logo