काठमाडौं

सरकारले काठमाडौं उपत्यकामा मालवाहक टिपरलाई दिउँसो चलाउन रोक लगाएको छ । १ साउन बाट टिपरका लागि राति ८ देखि बिहान ५ बजेसम्म चलाउने समय सीमा तोकिएको छ । "/>

साउन १ गतेबाट उपत्यकामा राति मात्रै टिपर चल्ने

साउन १ गतेबाट उपत्यकामा राति मात्रै टिपर चल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले काठमाडौं उपत्यकामा मालवाहक टिपरलाई दिउँसो चलाउन रोक लगाएको छ । १ साउन बाट टिपरका लागि राति ८ देखि बिहान ५ बजेसम्म चलाउने समय सीमा तोकिएको छ । टिपरका कारण हुने दुर्घटनामा दुई पांग्रे सवारी चालक र पैदलयात्रुको ज्यान जान थालेपछि गृह मन्त्रालयले काठमाडौं, ललितपुर र भक्तपुरमा समय सीमा तोकेको हो ।

यसका लागि गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निर्देशन जारी गरिसकेको छ भने महानगरीय ट्राफिक महाशाखाले त्यसमा सघाउनेछ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले राति मात्रै टिपर सञ्चालन गर्न दिने गरी माताहतका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको बताए । ‘उपत्यकाका तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई दिउँसो टिपर चल्न रोक लगाउन र राति व्यवस्थापन गर्न निर्देशन दिइएको हो, साउन १ बाट कार्यान्वयनमा आउँछ,’ सुवेदीले भने ।

तीव्र गतिमा चलाइने, लेन अनुशासन नमान्ने, दुर्घटना बढाउने भएकाले टिपरको समय सीमा कायम गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार राजधानी उपत्यकामा हुने अधिकांश दुर्घटना टिपरको ठक्करबाट भएका छन् । असार महिनामा मात्र उपत्यकामा भएका १०८ दुर्घटना मध्ये ४० दुर्घटना टिपरकै कारण भएका हुन् ।

गत मंगलबार मात्रै राजधानीको जडिबुटीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुर सल्लाघारीका १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको थियो । यसअघि ३० जेठमा सोही स्थानमा टिपरको ठक्करबाट स्कुटरमा सवार रौतहट घर भई काभ्रे बस्ने अस्मिता भण्डारीको ज्यान गएको थियो । यस्तै ९ जेठमा भक्तपुरको नलिनचोकमा टिपरको ठक्करबाट स्कुटरमा सवार लोकन्थली बस्ने हरिभक्त कटुवाल, सविता घिमिरे र अवीन्द्र घिमिरेको मृत्यु भएको थियो ।
राजधानीबाट

Skip This
Skip This
Logo