काठमाडौं

समयमा सवारीचालक अनुपमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न नसकेपछि सरकारले फेरि नयाँ कार्ड किन्ने भएको छ । "/>

स्मार्ट लाइसेन्स : १० लाख नयाँ कार्ड किनिँदै

स्मार्ट लाइसेन्स : १० लाख नयाँ कार्ड किनिँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

समयमा सवारीचालक अनुपमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गर्न नसकेपछि सरकारले फेरि नयाँ कार्ड किन्ने भएको छ । यसका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरिनेछ । लाइसेन्स वितरणका लागि कार्डको अभाव हुन नदिन १० लाख कार्ड किन्ने तयारी भएको विभागका निर्देशक तिर्थराज खनालले जानकारी दिए । विभागले २०७२ साल मंसिर देखि स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो । लाइसेन्स वितरण सुरु भए देखि अहिलेसम्म विभागले भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टरसँग मात्रै कार्ड खरिद गरिरहेको छ ।

विभागले पहिलोपटक स्मार्ट लाइसेन्स सुरु गर्दा कम्पनीसँग एक लाख ६० हजार र पुनः तीनपटक गरी चार लाख आठ हजार भन्दा बढी कार्ड लिइसकेको छ । विभागले लिएका यी सबै कार्ड एसियाली विकास बैंकको आर्थिक सहयोगमा हो । विभागले एडीबीको सहयोगमा कार्ड सहित पाँचवटा प्रिन्टर पनि लिएको थियो ।

पाँचौ पटकमा भने सरकारी खर्चमै सात लाख कार्ड खरिद गरेको हो। अन्तर्राष्ट्रिय बोलपत्र मार्फत गरिएको कार्ड खरिदमा मद्रास सेक्युरिटी नै छनोट भएको थियो । सात लाख कार्डसँग विभागले चारवटा नयाँ प्रिन्टर पनि खरिद गरेको थियो । नयाँ कार्ड खरिद गर्ने टेन्डर आह्वानका लागि आवश्यक मापदण्ड बनाउने गृहकार्यमा विभाग लागेको छ ।

यस अघि खरिद गरिएको कार्डको गुणस्तरमा बारम्बार प्रश्न उठ्दै आएको छ । पछिल्लोपटक खरिद गरिएको सात लाख कार्डको गुणस्तर उच्चस्तरको पाएको विभागका आईटी इन्जिनियर सन्तोष पोखरेलले दाबी गरे । ‘नयाँ खरिद गरिने कार्डको गुणस्तरमा अझै सुधार हुनेछ । त्यसका लागि आवश्यक विशेषता राख्ने विषयमा छलफल भइरहेको छ । नयाँ कार्डका लागि बोलपत्र माग गर्दा गुणस्तरमा कुनै सम्झौता गरिने छैन’, आईटी इन्जिनियर पोखरेलले भने ।

नयाँ कार्ड खरिदका लागि यातायात तथा भौतिकपूर्वाधार मन्त्रालयसँग १० करोड रुपैयाँ बजेट माग गरिएको विभागका लेखा उपसचिव मोहनबहादुर थापाले जानकारी दिए । ‘कार्ड खरिद गर्न १० करोड रुपैयाँ माग गरिएको छ । यो रकमले १० लाख कार्ड खरिद हुन्छ भन्ने हाम्रो अनुमान छ’, थापाले भने, ‘बोलपत्रमा सहभागी हुने कम्पनीले प्रस्ताव गर्ने मूल्यका आधारमा कार्डको संख्या तलमाथि हुन सक्छ ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo