नुवाकोट

त्रिशुली जलविद्युत गृहमा हिजो भएको भीषण आगलागिमा ५ करोडको क्षती भएको जानकारी प्राप्त भएको छ । "/>

विद्युत गृहमा आगलागि हुँदा ५ करोडको क्षति

विद्युत गृहमा आगलागि हुँदा ५ करोडको क्षति

केन्द्रबिन्दु
0
Shares

नुवाकोट

त्रिशुली जलविद्युत गृहमा हिजो भएको भीषण आगलागिमा ५ करोडको क्षती भएको जानकारी प्राप्त भएको छ । विद्युतमा आगलागि भई विद्युत प्रसारण नहुँदा नुवाकोटमा रहेका चार वटा रेडियो समेत बन्द भईसकेका छन् ।

दिउसो लगभग १ बजे बाट शुरु भएको आगो निभाउनका लागि दमकलको प्रयोग असम्भव भएपछि ग्याँसको प्रयोग गरेर नियन्त्रणको प्रयास गरिएको थियो तर पनि उक्त आगो नियन्त्रनमा नआउदा अग्नि नियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरि आगोलाई साँझ ५ बजे नियन्त्रणमा लिईएको हो । आगलागिका कारण धेरैका मोबाईलहरु चार्ज नभएर ठप्प भएका छन् ।

उक्त आगलागि विद्युत प्रसारण समितिकै लापरवाहीले भएको स्थानियले बताउँछन् ।
नेपाल समाचारपत्रबाट

Logo