काठमाडौं
हुण्डी कारोबारका फरार अभियुक्त विरगञ्जका सुन व्यापारी सन्तोष जैनका छोरा सौरभ जैन उर्फ राजा १० किलो सुन सहित पक्राउ परेका छन् । भारतको सिलिगुडीबाट जैन पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
विरगञ्ज–६ रेशमकोठीका बासिन्दा सौरभ र उनका चालक दिलीप चौरसियालाई भारतको राजस्व निर्देशनालय (डिआरआई) को टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सिलीगुडीबाट मुज्जफरपुर आउने क्रममा फुलवाडी–घोषपुकुर सडकखण्डबाट दुबै जनालाई पक्राउ गरिएको बताइएको छ । उक्त परिमाणको सुन नेपालबाट नै भारत पुर्याइएको पनि जनाइएको छ । चालक चौरसियाले गाडीको पछाडिको सिटमा फिटिङ गरी सुन लुकाएको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका जैन र चौरसियासँग नेपाली नागरिकता फेला परेको अनुसन्धानमा खुलेको पनि बताइएको छ । भारत बिहार, राज्य, पूर्वी चम्पारण घर भएका जैनले ०६३ सालमा नेपाली जन्मसिद्ध नागरिकता लिएका हुन् भने चौरसियाको वंशजको नागरिकता छ । सौरभ विरगञ्जमा भएको हुन्डीकाण्डका फरार अभियुक्त हुन् । ०७३ सालमा जैन निवास वीरगंज–६ रेशमकोठीमा पर्सा प्रहरीले छापामारी गर्दा अवैद्ध रूपमा वित्तीय कारोबार गरेको घटना सार्वजनिक एको थियो। त्यस बेला जैन निवासबाट स्रोत नखुलेको २ करोड ३२ लाख नगद, तथा विभिन्न बैंकको चेक बरामद गरिएको थियो ।
प्रहरीले तत्कालीन अवस्थामा सौरभका पिता सन्तोष जैन, आमा उषा जैन र भाई विक्की जैनलाई पक्राउ गरेको थियो । ४ करोड धरौटीमा रिहा भएका जैन परिवार माथि अहिले पनि मुद्दा विचाराधीन छ । हुन्डी मुद्दामा सौरभ पहिले पनि भारतकै सिलिगुडीमा पक्राउ परी प्रहरीको हिरासतबाट फरार भएका थिए । सौरभ सोहि काण्डका फरार अभियुक्त हुन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया