काठमाडौं

मधेसवादी सहितका केही दलले संविधान संशोधनको मुद्दा उठाइरहेका बेला सरकारले उनीहरुको माग तत्काल सम्वोधन नहुने संकेत गरेको छ । "/>

प्रधानमन्त्रीको कटाक्ष : संविधान संशोधन दोहोरी गीतको भाका होइन !

प्रधानमन्त्रीको कटाक्ष : संविधान संशोधन दोहोरी गीतको भाका होइन !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मधेसवादी सहितका केही दलले संविधान संशोधनको मुद्दा उठाइरहेका बेला सरकारले उनीहरुको माग तत्काल सम्वोधन नहुने संकेत गरेको छ । सांसदहरुले उठाएको प्रश्न माथि सोमबार राष्ट्रिय सभामा जबाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनलाई दोहोरी गीतको थेगो नबाउन आग्रह गरेका छन् । ‘विभेदकारी संविधान दोहोरो गीतको थेगो होइन, संविधानले नागरिकलाई कहाँनिर, कसरी विभेद गरेको छ ?’ प्रधानमन्त्रीले प्रश्न गरे, ‘संविधान अपरिवर्तनीय होइन, हामी संशोधनका लागि तयार छौँ, तर संशोधनका लागि उचित कारण पनि त चाहियो नि ।’

प्रधानमन्त्रीले संविधान संशोधनलाई दोहोरी गाउने भाका जस्तो नबनाउन पनि आग्रह गरेका छन् । ‘संविधान संशोधन दोहोरी गाउने भाका होइन, आवश्यकता अनुसार संशोधन गर्न पछि हट्ने कुरै आउँदैन’, उनले भने, ‘नेपाली जनतालाई संविधानले असुविधा भएको छ भने किन संशोधन नगर्नु ?’

प्रधानमन्त्री ओलीले जातीय कुरा उठाउनेहरु माथि पनि प्रहार गर्न भ्याए । ‘सधैँ जातका कुरा गर्ने नश्लबादी नहुने तर नेपाली भन्दा नश्लवादी हुने ?’, ओलीले प्रश्न गरे, ‘हिजो सम्म बर्णाश्रम व्यवस्था थियो, अब त्यो व्यवस्था छैन, हामी नयाँ बाटोमा अघि बढिसकेका छौँ, अब जातीय कुराले भेदभाव गरेर बस्ने कुरालाई संविधानले नै निषेध गरिसकेको छ ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo