काठमाडौं ।
आज देशभरी नै मौसम बदलीको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको मध्य र पश्चिमी क्षेत्रका केही स्थानहरुमा भारी वर्षाको सम्भावना पनि छ ।
अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुनसक्छ ।
रातिको समयमा पनि देशभरि नै बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाको भनाइ छ । पूर्व र पश्चिमका केही स्थानहरुमा भने महाशाखाले भारी वर्षा हुन सक्ने जनाएको छ ।
भोलि दिउँसो सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ । आजजस्तै देशका पूर्व र पश्चिम क्षेत्रका केही स्थानमा भोलि पनि भारी वर्षाको सम्भावना छ ।
असार २७ गते (बुधवार) दिउँसो सामान्य बदली हुने प्रक्षेपण महाशाखाको छ । मध्य तथा पश्चिम क्षेत्रका केही स्थानहरुमा भने भारी वर्षा हुने प्रक्षेपण महाशाखाले गरेको छ ।































प्रतिक्रिया