काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली प्रति आफ्नै पार्टी भित्र बाटै आलोचना सुरु भएको छ । "/>

ओलीको कार्यशैली प्रति आफ्नै पार्टी भित्रबाटै आलोचना सुरु

ओलीको कार्यशैली प्रति आफ्नै पार्टी भित्रबाटै आलोचना सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली प्रति आफ्नै पार्टी भित्र बाटै आलोचना सुरु भएको छ । दुई तिहाई बहुमत सहितको सरकार गठन भएको चार महिना बितिसक्दा समेत जनताले महसुस गर्ने गरी काम नभएको भन्दै नेपाल कम्युनिस्ट पार्टी भित्रैबाट प्रधानमन्त्री ओलीको आलोचना सुरु भएको हो ।

पार्टीका नेताहरुले सरकारले काममा भन्दा पनि भाषणमा बढी जोड दिएको आरोप सरकार माथि लगाएका छन् । स्थायी समितिको बैठकमा नेताहरुले सरकारको कार्यशैली प्रति खुलेरै आलोचना गरेको बैठकमा सहभागी एक नेताले बताए । उनका अनुसार सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको विषयमा पार्टी भित्र आम धारणा नै बनिसकेको छ । सरकार गठन भए लगत्तै केही सुधार हुने आशा र अपेक्षा नागरिकहरुले गरेका थिए । तर सरकार गठन भएको चार महिना बितिसक्दा समेत जनअपेक्षा अनुसार काम हुन नसकेको भन्दै पार्टी भित्र नै आलोचना सुरु भएको छ ।

सरकारको आलोचना सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचनाको प्रतिवादन गर्न नेताहरुलाई निर्देशन नै दिएका छन् । पार्टीका नेताहरुले दुई तिहाई बहुमत भएर पनि के कारणले सरकारले काम गर्न सकिरहेको छैन भन्ने प्रश्न अगाडि सारेको बताउँदै नेकपाका एक स्थायी समितिका सदस्यले भने– ‘कसैलाई दोष दिएर पन्छिने ठाउँ पनि अब सरकारसँग छैन, दुई तिहाई बहुमत प्राप्त सरकारले पनि भने जस्तो काम गर्न नसकेपछि सरकारको आलोचना सुरु भएको छ ।’

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई काम गर्नका लागि पर्याप्त समन्वय नगरेको विषयले पनि पार्टी भित्र चर्चा पाएको छ । ओली नेतृत्वको सरकारमा सिन्डिकेट हटाउने, सुन काण्डको छानविन, काम नगर्ने ठेकेदारहरुलाई पक्राउ गर्ने लगायतका काम गरेका गृहमन्त्री रामबहादुर थापा माथि नै अकुंश लगाउने काम भएको छ ।

समय भित्र नै काम नगर्ने ठेकेदारलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरे पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आपत्ति जनाएका छन् । काम नगर्ने ठेकेदारलाई पक्राउ गर्ने गृहमन्त्री थापाको योजनाले सार्थकता पाउन सकेको छैन । गृहमन्त्रीको योजनालाई यातायात मन्त्री महासेठले नै चुनौती दिइरहेका छन् । मन्त्रीहरु बीच नै समन्वयको अभाव देखिएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुको कामको पनि अनुगमन हुने बताए पनि मन्त्रीहरु बीच देखिएको असमझदारीलाई समन्वय गराउने कार्यमा समेत प्राथमिकता दिन सकेका छैनन् । नयाँ सरकार गठनसँगै वर्षौं देखि अलपत्र परेका विकास निर्माणका काम अगाडि बढ्ने अपेक्षा नागरिकले राखेका थिए । तर अपेक्षा अनुसार काम नभएपछि नागरिक निराश भएका छन् ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo