राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतबाट पदमुक्त हुनु भएका युवराज भुसालले आफु अन्त्यन्तै खुसी रहेको प्रतिक्रिया दिएका छन् । "/>

पुनर्निर्माण प्राधिकरणको पदमुक्त सीईओ भुसालको यस्तो प्रतिक्रिया (भिडियोमा)

पुनर्निर्माण प्राधिकरणको पदमुक्त सीईओ भुसालको यस्तो प्रतिक्रिया (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतबाट पदमुक्त हुनु भएका युवराज भुसालले आफु अन्त्यन्तै खुसी रहेको प्रतिक्रिया दिएका छन् । भुसालले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ९ महिना नेतृत्व गर्ने अवसर पाएकोमा आफू अत्यन्तै खुसी रहेको भन्दै सरकारप्रति आभार समेत व्यक्त गरे ।

आईतबार आफूलाई पदमुक्त भएपछि पत्रकार सम्मेलनमार्फत् जानकारी गराउँदै उनले सरकारको सो निर्णयको सम्मान गर्ने बताए ।

सरकारले आफूलाई लक्षित गरेर नभई गत भदौ १४ गते यताका अघिल्ला सरकारका राजनीतिक नियुक्ती खारेज गर्ने निर्णय अनुसार आफूलाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट पदमुक्त गरेकाले त्यसमा आफूले गुनासो गरिरहन पर्ने ठाउँ नभएको बताए ।

भुसालले प्रधानमन्त्री केपी ओलीले आफूलाई सदैव काममा उत्साही बनाएको स्मरण गराए । अघिल्लो सरकारको पालामा प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भूकम्प जस्तो मानवीय संवेदनामाथि मानवीय सेवा गर्ने अवसर दिएकोमा आभाव व्यक्त गरे ।

Logo