काठमाडौं ।

आज देशका विभिन्न स्थानमा बदली रहि केही स्थानहरुमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । "/>

यस्तो छ आगामी तीन दिनको मौसम

यस्तो छ आगामी तीन दिनको मौसम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज देशका विभिन्न स्थानमा बदली रहि केही स्थानहरुमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सोमबार दिनमा देशभरिनै बदलि रही अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने पूर्वी तथा मध्य क्षेत्रको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। असार २५ गते साँझ पनि देशभरिनै बदलि रही हल्का देखि मध्यम खालको वर्षा हुने तथा देशको थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

मंगलवार पनि देशभरिनै सामान्यतया वदलि रहि अधिकांश स्थानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना भने साँझ पनि देशभरिनै सामान्यतया बदलि रही केहि स्हथानहरुमा हल्का देखि मध्यम खालको वर्षा हुने देखिन्छ । पूर्वको एक दुई स्थानमा र पश्चिमि क्षेत्रको केहि स्थानमा भारि वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Logo