गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ। करिब दुई महिनाको गृहकार्यपछि मस्यौदा तयार भएको हो। नेपाल प्रहरीमा सधैं विवादको विषय बन्ने गरेको ३० वर्षे सेवा अवधि संघीय प्रहरी ऐनको मस्यौदामा पनि यथावत राखिएको छ। "/>

प्रहरीको संरचना यस्तो बन्यो, तोकियो आइजीपीको पदावधि

प्रहरीको संरचना यस्तो बन्यो, तोकियो आइजीपीको पदावधि

केन्द्रबिन्दु
0
Shares

गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ। करिब दुई महिनाको गृहकार्यपछि मस्यौदा तयार भएको हो। नेपाल प्रहरीमा सधैं विवादको विषय बन्ने गरेको ३० वर्षे सेवा अवधि संघीय प्रहरी ऐनको मस्यौदामा पनि यथावत राखिएको छ। तर पदावधि र उमेर हद भने परिवर्तन गरिएको छ ।

मस्यौदामा प्रहरीका सिपाहीदेखि उच्च तहका अधिकृतले ३० वर्ष मात्रै प्रहरी प्रशासनमा सेवा गर्न सक्नेछन्। तर, सेवावधिअगावै उमेरहद पार गरे जुनसुकै तहकाले सोही दिन अवकाश पाउनेछ।

प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकको उमेरहद ५८ वर्ष, डीआईजी र एसएसपीको ५७, इन्सपेक्टरदेखि एसपीको ५६ र जवानदेखि सईसम्मको ५५ वर्ष तोकिएको छ। मस्यौदाअनुसार प्रहरीको जुनियर अधिकृत र जवानको भर्ना प्रदेश सरकारले लिनेछ। यसभन्दा माथिका दर्जाको भर्ना संघीय सरकारले लिने व्यवस्था छ। यस्तै, प्रदेश प्रहरी संगठन प्रमुखमा डीआईजी हुने व्यवस्था गरिएको छ ।

गृह मन्त्रालयका अनुसार मस्यौदामा प्रहरी महानिरीक्षक आईजिपी को पदावधि एक बर्ष घटाएर तीन बर्ष मात्रै कामय गरिएको छ । नयाँ पत्रिका

Logo